१३ बैशाख २०८१, बिहीबार

नेकपा पश्चिम कपिलवस्तुको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको पश्चिम कपिलवस्तु जिल्लाको दोस्रो राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

१७५ (एक सय पचहत्तर) जना पार्टी सदस्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टीको पश्चिम कपिलवस्तु जिल्लाको दोस्रो राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य तथा पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी रहेका थिए ।

अन्य अतिथिहरुमा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज पार्टीका केन्द्रीय सदस्य हेमन्त सी, पश्चिम लुम्बिनी ब्युरोको आर्थिक विभाग प्रमुख प्रताप सी, पश्चिम कपिलवस्तु जिल्ला सल्लाहकार हिमाल सी, महान सहिद परिवारको तर्फबाट भेग बहादुर सी, केन्द्रीय  सामना साँस्कृतिक परिवारको तर्फबाट समर सी, पश्चिम लुम्बिनी ब्युरो सामना साँस्कृतिक परिवारको तर्फबाट देभराज सी लगाएत रहेका थिए ।

राजनीतिक तथा प्रशिक्षण कार्यक्रमका अध्यक्षता पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीले गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य रुषा सीले गरेकी थिइन् ।
जिल्ला पार्टीले गरेका योजना र आगामी गर्ने कामको योजनाबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।