१२ श्रावण २०८१, शनिबार

महासचिव विप्लवद्वारा एक लाख बिरुवा वृक्षारोपण अभियान उद्घाटन

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले काठमाडौँ विश्वविद्यालय धुलिखेलमा वृक्षारोपण गरेर एक लाख बिरुवा अभियानको उद्घाटन गरेका छन् ।
महासचिव विप्लवले कपुर, एभोकाडो र ज्याकाराण्डाका बिरुवाहरु रोपेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नेकपा पूर्वी ताम्सालिङ ब्यूरोद्वारा संचालन गरिएको एक लाख वृक्षारोपण अभियानमा स्थायी समिति सदस्य सुशिल सी, ब्युरो इन्चार्ज विकल्प सीले फलफूल वृक्षका बिरुवाहरु रोपेका थिए ।
पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज विकल्प सीले भने पर्यावरणको संरक्षण र प्राकृतिक स्रोतसाधनको रक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टीको नीति अन्तर्गत उक्त अभियान सञ्चालन गरेको बताए । पूर्वी ताम्सालिङ ब्युरोका नेताहरु काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, दोलखा जिल्ला इन्चार्ज अर्जुन सी र ब्युरोका जवस इन्चार्ज युगीन सी लगायतले वृक्षारोपण गर्नुको साथै कार्यक्रम व्यवस्थापनको समन्वय गरेका थिए ।
विश्वविद्यालय प्रशासनले बिरुवाको छनोट र जिल्ला वन कार्यालयका प्राविधिकको सहयोगमा युगीन सी तयारी सम्बन्धी काम गरेका थिए ।
बिरुवा ल्याउने, खाल्डो खन्ने र रोप्ने कार्यमा पार्टीका सल्लाहकार यादव सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेरक सी, युगीन सी, व्युरो कार्यलयका प्रताप सी, अखिल क्रान्तिकारी) का ब्युरो इन्चार्ज दयाराम सी, अ.ने.म.संघ क्रान्तिकारीका व्यूरो संयोजक पवित्रा सी, सिन्धुपलान्चोक जिल्लाका सोनाम सी, काभ्रे जिल्ला सदस्य छत्र सी, परिभाषा सी, रमेश सी आदिको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा
पूर्वी ताम्सालिङ जिल्ला अन्तर्गतका चारवटा जिल्लाहरुबाट रामेछाप जिल्ला इन्चार्ज चैतन्य सी, सिन्धुपलान्चोक जिल्ला इन्चार्ज किरण सी, दोलखा जिल्ला सेक्रेटरी राजकुमार सी, रामेछाप जिल्ला सेक्रेटरी बद्री सी, जिल्ला तह र जनवर्गीय संगठनका नेताहरूको सक्रिय सहभागिता रहेको थियो । यो अभियान काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा बर्षायाम भरी चल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।