११ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलाली जिल्लाको एकता विशेष बैठक सम्पन्न

0

कैलाली: नेपाल कम्युनिष्ट पार्टी कैलाली पूर्वी जिल्ला समितिको एकता विशेष बैठक सम्पन्न भएको छ । शनिबार जिल्लाको लम्किचुहा नगरपालिका स्थित लम्की चौराहा नजिकै रहेको पार्टी कार्यालयमा विविध विषयमा छलफल गर्दै बैठक समापन भएको हो ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रवाह गरेको एकताको भाव सन्देश जनस्तरसम्म लैजान एकताको विशेष बैठक राखिएको एक नेताले बताए हुन् ।

उक्त एकता बैठकको विशेष अतिथिको आसनबाट बोल्दै पार्टी केन्द्रीय सदस्य, कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले केन्द्र स्तरमा पार्टीको नीति नेतृत्वको बृहत छलफल बहसपछि एकता सम्भव भएको अहिले आफुहरुकाे विशेष जोड पार्टी एकता र समाजवादी मोर्चा नै रहेको बताए ।
उनले भने, -‘समाजवादका लागि सबै छरिएर रहेका शक्तिहरू एक ठाउँमा ल्याउनु अहिलेको अनिवार्य आवश्यकता हो । नेपालको अस्थिर राजनीतिक परिपाटीलाई चिर्दै सहि ट्र्याकमा ल्याउन नेता कार्यकर्ता उत्पादन र श्रममा आत्मनिर्भर बन्नुपर्छ जसको लागि उत्पादनमा आत्मनिर्भर पार्टी बनाउन आवश्यक छ । जसको लागि पार्टीले एकीकृत अर्थ नीति प्रणाली अवलम्बन गरेको छ ।’

उनले अगाडि थपे,’राष्ट्रियता जनतन्त्र जनजिविकाका हरेक सवालमा हातेमालो गर्न नेपाल कम्युनिष्ट पार्टी सुख दुःखमा जनताको साथी भन्ने अभियान पनि अघि सारेको छ । जसअनुरूप जनआधारित पार्टी जनआधारित नेता कार्यकर्ता आफ्नै पौरखमा बाच्ने उत्पादनमा आत्मनिर्भर पार्टी श्रममा निर्भर कार्यकर्ता हुनुपर्छ । पार्टीले यसको लागि केन्द्रमा सहकारी विभाग र अर्थ प्रणाली कुरा पनि अघि सारेको छ ।’
बैठकको प्रमुख अतिथि पार्टीका पोलिट व्युरो सदस्य रंगनाथ ढकाल (विकल्प सी) यसैगरी विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, केन्द्रीय सदस्य असल सी, बैकल्पिक केन्द्रीय सदस्य हिक्मत सी, केन्द्रीय प्रतिनिधि सदस्य टिकाराम सी, लगायतका दजनौ जिम्मेवार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता तथा सञ्चालन सेवक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।