१२ श्रावण २०८१, शनिबार

जिल्ला करागार कैलालीमा कैदी र कर्मचारीबीच कुटाकुट

0

जेठ ३० धनगढी । जिल्ला कारागार कैलालीमा कैदी र कर्मचारीबीच कुटाकुट भएको छ । यही जेठ २२ गतेका दिन कैदीबन्दी र कारागारका कर्मचारीबीच कुटाकुट भएको हो । कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका किलर ग्याङ सहितका कैदीहरू र चौकीदारहरू बीच कुटाकुट भएको हो । कारागारभित्रै प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र जेलरको लाफरबाही उदाङगीएको छ ।

कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालले २२ गते कुटाकुट भएको बताउँदै त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको बताए । अहिले उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भैसकेका छन् । उनको सरुवा भए पछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका असई बोहराको पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएको कुमालले बताए । उनले आफू २३ गतेको बेलुका मात्र जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर कारागारमा आएको जानकारी गराए । घटनाका बखत आफु जिल्ला प्रहरी कार्यालय कैलालीमै कार्यरत रहेको उनले बताए । कुटाकुट हुँदा कारागारका आउटडोर चौकीदार सन्तोष कुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएको बताईएको छ । घटना पछि सोमबार १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको पनि बताईएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्ला कारागारमा सारिएको बर्ताएको छ । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै रहेको बताईएको छ । उनीहरूले कारागार भित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख युवराज कट्टेलले २२ गते घटना भएको बताउदै त्यहीबेला चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको बताए । त्यसैगरी सुरक्षाको टिम पनि पुरै फेरिएको उनले जानकारी गराए । उनले उक्तदिन कुटपिट नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरूले खाने क्रममा विवाद भई धकेलाधकेल मात्र भएको बताएका छन । उनका अनुसार घटनाका बेला जेलर पदमराज तिमिल्सिना र प्रहरी प्रमुख सई चरन बुढाथापा बिदामा रहेका थिए । जेलर भर्खरै आएकाले सरुवा गर्न नमिलेको र सुरक्षाको टिममात्र फेरिएको उनले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।