११ श्रावण २०८१, शनिबार

नेकपाद्वारा उपत्यकामा वैचारिक स्कुल प्रारम्भ

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीले काठमाडौमा रहेका नेताकार्यकर्ताहरुका लागि वैचारिक स्कुल आजबाट शुरुआत गरेको छ।कार्यकर्ताहरुको बिचार, राजनिती र सिद्धान्तको स्तरलाई माथी उठाउन स्कुल शुरु गरिएको हो।

बुधबारबाट नेकपा उपत्यका कार्यालय कपुरधारामा औपचारिक रुपमा सञ्चालन भएको कार्यक्रममा नेकपा केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्यहरु प्रज्वल सी, कृति सी, स्कुल बिभाग प्रमुख भेषराज सी र प्रयास सी लगाएत केन्द्रिय स्कुल बिभागको टिम सहित उपत्यकामा रहेका नेताकार्यकर्ताहरुको सहभागिता रहेको छ।

स्कुलिङमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र , बैज्ञानिक समाजवाद,कम्युनिस्ट आन्दोलन र एकीकृत क्रान्तिबारे प्रशिक्षण गरिने छ भने कार्यक्रम आगामी ४ दिन सम्म सञ्चालन हुने बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।