![](https://janapatrika.com/wp-content/uploads/2023/06/IMG_20230614_185517.jpg)
धरान / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जहाँ र जतिबेला जनतालाई समस्या पर्छ, देशमा संकट आउँछ त्यहाँ र त्यतिवेला कम्युनिस्ट पार्टी जनताको साथमा हुनुपर्ने बताएका छन।नेपाल कम्युनिस्ट पार्टीद्वारा सुनसरीको धरानमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन।
नेपाल कम्युनिस्ट पार्टी मेचिब्यूरो, सगरमाथा ब्यूरो, उत्तर कोशी ब्यूरो र कोशी ब्यूरोद्वारा संयुक्त रुपमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले जनआधारीत पार्टी ,जनआधारीत नेता भएर मात्रै बैज्ञानिक समाजवाद ल्याउन र जनताको सत्ता संञ्चालन गर्न सकिने भन्दै पार्टी र पार्टीका नेता कार्यकर्ता जनताको आखामा राख्दा समेत नबिजाउने खालको हुनुपर्ने बताए।
कार्यक्रममा बिप्लवले नेपाल कम्युनिस्ट पार्टीले लिएको पछिल्लो कार्यनीति, समाजवादी मोर्चाबारे पार्टी दृष्टिकोण ,नेपाली क्रान्तिको प्रमुख अन्तरबिरोध ,देशको आर्थिक- राजनीतिक संकटको निकास र पूर्वमा चलिरहेको पहिचानको आन्दोलनबारे पार्टी धारणा लगाएतका बिषयमा प्रशिक्षण गरेका थिए।
प्रशिक्षणमा कोशी ब्यूरो इन्चार्ज दिपेस सीको अध्यक्षता,मेचि ब्यूरो ईन्चार्ज सुमन सीको सञ्चालन, पोलिटब्युरो सदस्य सुमन सी, सल्लाहकार होम सी लगाएत नेताहरूको सहभागिता रहेको थियो।