१२ श्रावण २०८१, शनिबार

देश बनाउने भिजन भएको पार्टी नेकपा हो : विकल्प सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज विकल्प सीले देश बनाउने भिजन भएको पार्टी नेकपा भएको बताएका छन् । देशका निम्ति सबैभन्दा धेरै दुःखकष्ट गर्ने नेता र कार्यकर्ता कुन चाहिँ पार्टीमा छन् ? उनले प्रश्न गर्दै भने । पिछडिएको देशलाई दिनानुदिन प्रगतिशील र समृद्ध राष्ट्रको हैसियतमा बदल्नको निम्ति इमान्दार नेता, क्षमतावान पार्टी र वैज्ञानिक विचारसँग जनताको एकता आवश्यक भएको बताए । विदेशीहरूको हस्तक्षेप र भ्रष्टचारले देश जर्जर भइरहेको भन्दै देशको रक्षा गर्न र संकटलाई समाधानको निम्ति योगदान पुर्याउन नेकपामा एकताबद्ध हुँदा खुशी लागेको बताए ।
नेकपामा प्रवेश गर्ने काभ्रे जिल्लाको भुम्लु-ज्याम्दीका स्थानीय नेताहरुलाई स्वागत गर्दै उनलेे यस्तो बताएका हुन् ।
काभ्रे जिल्लाको ज्याम्दीका स्थानीय नेता-कार्यकर्ताहरु नेकपामा समाहित भएका छन् । उनीहरुलाई नेकपाका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीलगायत जिल्ला नेताले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरु; रेस्मा मीजार, विक्रम मिजार, सानीकान्छी मिजार, सावित्रा पुरकोटी, पूर्ण बहादुर पुरकोटी, विकास विक, संगिता विक, सुजन मिजार लगायत एक दर्जन कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रीय सल्लाहकार यादव सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेरक सी, केन्द्रीय जनप्रतिनिधिले समितिका सदस्य प्रताप सी, अखिल (क्रान्तिकारी) का ब्युरो इन्चार्ज दयाराम सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका ब्युरो संयाेजक पवित्रा सी, जिल्ला सेक्रेटरी सुरेन्द्र सी लगायत तथा जिल्लाका नेतृत्वले अविर लगाएर स्वागत/सत्कार गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।