१२ श्रावण २०८१, शनिबार

छुवाछुत र विभेदमा विश्वास गर्ने व्यक्ति कम्युनिस्ट हुन सक्दैन : समर सी

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समर सीले अहिलेको एक्काइसौं शताब्दीमा पनि विभेद र छवाछुतमा विश्वास गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।
बुधबार कञ्चनपुरमा श्रमिक मोर्चा केन्द्रीय विभागद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रियामा सम्बोधन गर्दै नेता समरले बदलिएको वर्तमान परिवेशमा श्रमिक समुदायमाथि कसैले पनि विभेद गर्न नहुने बताए । हाम्रो समाजमा हिजोका सामन्त वर्गले आफ्नो वर्गको प्रभुत्व कायम गर्न स्थापित गरेको विभेद र अन्यायका विरुद्धमा सबै सचेत तप्काले आन्दोलनमा जोडिन आवश्यक छ , नेता समरले भने । आजको परिवर्तित विश्वमा उत्पीडित श्रमिक वर्ग आफैले मात्रै पनि मुक्ति सम्भव नहुने र यसका सबै वर्गले विभेदको मानसिकतालाई त्याग्नु पर्ने उनको भनाइ छ । उनले भने, “ हाम्रो पार्टीले यस्तो खाले विभेदका अन्त्यका लागि ‘सी’ जातिको अवधारणा विकास गरेको छ र त्यसै अन्तर्गत नयाँ संस्कृतिको निर्माण गर्ने विषयलाई अगाडि सारेको छ । वर्षौंदेखि उत्पीडित वर्गका रूपमा रहेको दलित वर्गको विगतको जनयुद्धमा पनि ठूलो भूमिका रहेको तर नेताहरूको धोकाका कारण देशमा प्रतिक्रान्तिले ठाउँ लियो, उनले भने जसको कारण हिजो जनयुद्धमा ठूलो योगदान गरेको दलित वर्गले नै आज हेपिएर, अपमानित बसेर जिउनु पर्ने स्थिति छ ।”

यसको अन्त्य हुने भनेको वर्गीय संघर्षबाट हो, वर्गीय मुक्ति विना कुनै पनि वर्गको मुक्ति सम्भव नहुने नेकपा नेता समरले बताए । धर्मको नाममा, वर्णको नाममा, जातको नाममा कसैलाई पनि विभाजित र विभेदित गर्न नहुने उनको जिकिर छ । 

नेकपा केन्द्रीय सल्लाहकार सदस्य तथा श्रमिक समुदाय केन्द्रीय विभाग अध्यक्ष सन्तोषी सीले श्रमिक समुदायको इतिहास, वर्तमान र भविष्यबारे समेटिएको अवधारण सहितको कार्यपत्र पेस गरेको थिइन् ।

अन्तर्क्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष ओम प्रकाश जोशी, माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम भूल, वैद्य निकट पार्टीका नेता बिष्णु नेपाली, कांग्रेस निकट दलित संघ कञ्चनपुरका सभापति गणेश नेपाली, माओवादी केन्द्रका नेता गणेश विक लगायतले अन्तरक्रियामा पेस भएको कार्यपत्र अवधारणामाथि टिप्पणी गरेका थिए ।

सन्तोषी सीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अथितिमा नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी, अथितिहरुमा नेकपा केन्द्रीय सदस्यद्वय अर्जुन सी, विराट सी र अन्य पार्टीका नेताहरु तथा सरोकारवाला निकायहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।