११ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालद्वारा देशव्यापी सरसफाई कार्यक्रम सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आज देशव्यापी सरसफाई कार्यक्रमको आयोजना गरि सरकारी संस्थानहरुमा सरसफाई गरेको छ ।
युवा संगठन नेपालको छौटौ पूर्ण बैठकबाट निर्णय गरि देशका सबै जिल्लाहरुमा सरसफाई गर्ने योजना अन्तर्गत आज देशव्यापी सरसफाई भइरहेको युवा संगठन नेपालका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य पाटन सीले जानकारी दिए ।
देशभरी रहेका सरकारी संस्थानहरु अस्तव्यस्त भएकोले राज्यलाई सरसफाई गरेर ध्यानाकर्षण गर्न र सरकारी संस्थानभित्रको वातावरणलाई सरसफाईयुक्त बनाइ व्यवस्थित बनाउनको निम्ति दबाबमुलक कार्यक्रमको आयोजना गरिएको सो संगठनले बताएको छ ।
यसैअन्तर्गत आज युवा संगठन नेपाल उपत्यका ब्यूरोले सरस्वती बहुमुखी क्याम्पस ठमेलमा आयोजना गरेको सरसफाई कार्यक्रममा पार्टीका पोलिट ब्यूरो सदस्य तथा पार्टी उपत्यका ब्यूरो इन्चार्ज कृति सी, युवा संगठन नेपालका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पाटन सी, पार्टी केन्द्रीय सदस्यहरु भृकुटी, बिपिन, युवा संगठन नेपालका महासचिव तिलक सी लगायत पार्टी र युवा संगठनका गरि करिब १०० नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रमको समापनमा सरस्वती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज रेग्मीले क्याम्पस प्रशासनले गर्ने काम युवा संगठन नेपालले गरेकोमा धन्यवाद दिएका थिए । साथै उनले युवा संगठन नेपाललाई सधैँ यस्तै रचनात्मक काम गरेर जनताको मन जितेर अगाडि बढ्न सुझाव दिएका थिए । सरसफाई कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका महासचिव तिलक सीले गरेका थिए ।

यसैबीच आज देशव्यापी सरसफाई कार्यक्रम भइहेको युवा संगठन नेपालका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य पाटन सीले बताए । 

तस्बिरहरू 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।