११ श्रावण २०८१, शनिबार

महाकाली प्रादेशिक अस्पतालमा युवा संगठन नेपाल कञ्चनपुरले गर्यो सरसफाई 

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरको आयोजनामा अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको परिसरमा शुक्रबार युवा संगठनको टिमले सरसफाई गरेको हो ।

युवाहरू अहिलेको स्थितिमा विभिन्न कुलतमा फसिरहेका बेला हाम्रो संगठनले सम्पूर्ण युवा विद्यार्थीहरुलाई सामाजिक कार्यसँग जोडिनु पर्छ भन्ने सकारात्मक सन्देशसहित अस्पतालमा सरसफाई गरेको युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सीले बताए । उनले भने, “ अस्पताल परिसरमा रक्सीका बोतल, गुट्खाका खोस्टाहरु, र अन्य फोहोरहरु भेटिनु अत्यन्तै गम्भीर विषय छ आगामी दिनमा यस्ता कार्यविरुद्ध संगठनले निरन्तर खबरदारी गर्छ ।”

देशको सार्वजनिक तथा प्राकृतिक सम्पतिको संरक्षण र सम्बर्द्धन गर्नेुपर्ने दायित्व सबैको रहेको उनी बताउँछन् । आफ्नो संगठनले समाजमा देखिएका विकृति, विसंगति , भ्रष्टाचार जस्ता गैरन्यायिक क्रियाकलाप विरुद्ध युवा संगठन निर्मम ढंगले संघर्ष गर्छ , अध्यक्ष भरतले भने । आफ्नो संगठन लागू औषध दुव्र्यसन नियन्त्रण गर्न पनि अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

अस्पतालमा सरसफाई कार्यक्रममा सहभागी नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले राज्यको ठूलो लगानी रहेको महाकाली अस्पतालमा व्यवस्थापकीय पाटो लथालिङ्ग भएको बताएका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा देखिएको फोहोर वातावरणले जनताको स्वास्थ्यप्रतिको खेलवाड भएको उनको भनाइ छ । अस्पतालमा थुप्रै कर्मचारी हुदाँ पनि तिनको सही परिचालन नहुने कुराले समस्या पैदा भएको देखिन्छ , नेकपा नेता विराटले भने । राज्यका सबै निकायलाई जनताको सहज र सुलभ सेवा प्रदान गर्न युवाको ठूलो भूमिका रहेको पनि उनको जिकिर छ ।

राजनीतिक पहुँचका भरमा नियुक्त भएका सरसफाइका कर्मचारीहरूले काम नगर्ने गरेको अस्पतालका एक कर्मचारीले बताए । सरसफाई कार्यक्रममा युवा संगठन कञ्चनपुरका नेताहरु तथा जिल्ला पार्टीका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

तस्बिरहरू 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।