१२ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालद्वारा पूर्वी ताम्सालिङका विभिन्न जिल्लामा सरसफाई

0

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सिन्धुपाल्चोकले श्री सेती देवी मा. वि. मा शुक्रबार सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ ।
युवा संगठन नेपालको छौटौ पूर्ण बैठकबाट निर्णय गरि देशका सबै जिल्लाहरुमा सरसफाई गर्ने योजना अन्तर्गत सिन्धुपाल्चोकमा पनि सरसफाई गरिएको युवा संगठन नेपालका जिल्ला इन्चार्ज तथा संगठनका केन्द्रीय सदस्य सुमन सीले जानकारी दिए ।
देशभरी रहेका सरकारी संस्थानहरु अस्तव्यस्त भएकोले राज्यलाई सरसफाई गरेर ध्यानाकर्षण गर्न र सरकारी संस्थानभित्रको वातावरणलाई सरसफाईयुक्त बनाइ व्यवस्थित बनाउनको निम्ति दबाबमुलक कार्यक्रमको आयोजना गरिएको युवा संगठनले बताएको छ ।
उक्त सरसफाइ कार्यक्रममा पार्टीको जिल्ला इन्चार्ज किरण सि, संगठनकाे केन्द्रीय सदस्य सुमन सि, जिल्ला अध्यक्ष कुमार सि, उपाध्यक्ष युवाराज सि, जिल्ला पार्टी र युवा संगठनसहित स्कुलका विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।
यसैअन्तर्गत शुक्रबार युवा संगठन नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीकाे गाइखुरा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । सरसफाई कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज चैतन्य  सि  , जिल्ला सेक्रेटरी बद्री, युवा संगठन रामेछाप  अध्यक्ष देव सिसहित जिल्लाकाे युवा संगठनकाे नेताकार्यकर्ता सहभागिता रहेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।