११ श्रावण २०८१, शनिबार

नेपालका कम्युनिस्टहरु एक हुनुको विकल्प छैन: विषम सी

0

राेल्पा / नेपाल कम्यनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी ले नेपालका कम्युनिस्टहरू एक हुनुकाे विकल्प नरहेकाे बताएका छन्। भुम्या पर्व २०८० काे अवसरमा राेल्प थबाङमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता विषमले यस्ताे वताएका हुन ।

अहिले चर्चामा रहेकाे समाजवादी माेर्चाबारे प्रष्ट पार्दै विषमले अमेरिकी साम्राज्यवादी शंक्तिले विभिन्न बहानामा नेपालमा आई कम्यनिस्टहरूलाई सिध्याउन उद्दत देखिएकाले त्यसकाे प्रतिकार गर्दै समाजवाद स्थापना गर्न कम्युनिस्टहरूकाे एकता आबश्यक रहेकोले सके एकता गर्ने र नभए समाजवादी माेर्चामा गाेलबन्द भई अगाडि बढ्नका लागि केन्द्रमा कार्यदल तैयार भएकाे र उक्त कार्यदलले सकरात्मक दिशातिर छलफल अगाडि बढाएकाे समेत उनले बताए। ।

भुम्य पर्बका असरमा स्थानिय स्तरमा भेटघाट तथा छलफलका लागि जनपरिषदका प्रमुख समेत रहेका विषम सी आफ्नाे गृह गाउँ थबाङ पुगेका छन ।

असार १ देखि ५ दिन सम्म राेल्पाका उत्तरी भेग र रूकुम पुर्बमा विशेष रूपमा भुम्या पर्व मनाउने गरिन्छ भने अहिले काठमाण्डाै दाङ लगायत मगर बाहुल्य स्थानहरूमा समेत याे पर्व मान्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।