१२ श्रावण २०८१, शनिबार

नेपालको राज्यसत्ता विदेशीको इसारामा काम गर्छ: विकिरण सी 

0

बागलुङ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज विकिरण सी ले नेपालको राज्य सत्ताले बिदेशीको इसारामा काम गर्ने गरेको दावि गरेका छन्।शुक्रबार नेकपा बागलुङको पाँचौं पुर्ण वैठकमा बोल्दै उनले यस्ताे वताएका हुन्।

बैठकमा बोल्दै नेता विकिरणले, नेपालको राज्य सत्ता बिदेशीको इसारामा काम गर्दै आएको छ, एस्तो विदेशिको इसारामा काम गर्ने नेपालको सत्ताले नेपाली जनताको पीडा बुझ्न नसक्ने र जनता केहि होला भनेर आशाको भ्रममा बाच्ने बाहेक यो सरकारले केही गर्न नसक्ने दावी गरेका छन्।

पछिल्लो समयमा जनताहरु निरास भएर विकल्प खोजीरहेको भन्दै घण्टी पार्टी को सभापति रबि लामिछानेको पछि परेको र रबिको पनि बिदेशी संग साटघट मिलेको हुँदा कुनै राजनीति भिजन विनानै हिडेर जनताको आँखामा छारो हाल्ने काम बाहेक केही परिबर्तन गर्न नसक्ने उनको दावि थियोे। उनले अबको आन्दोलन नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकिकृत जनक्रान्ति मार्फत् सफल हुने ठोकुवा समेत गरेका थिए।समाज परिबर्तन भएको हेर्न र भोग्नलाई सबै एक जुट भएर अघि बढ्नु पर्ने आवश्यकता समेत औंल्याएका थिए।

बैठकमा पार्टीको केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आकाश सी, बागलुङ जिल्ला सेक्रेटरी क्रान्ति सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रसिद्ध सी, तथा जिल्ला र गाउँ , नगरका इन्चार्जहरु को उपस्थितिमा बैठक सम्मपन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।