११ श्रावण २०८१, शनिबार

ज्ञानको खडेरी थियो, स्कुलिङले सिंचाई गरिदियो : कृति सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले स्कुलिङ कार्यक्रमले ज्ञानमा सिंचाईको काम गरेको बताएका छन् । नेकपा उपत्यका व्युरोले आयोजना गरेको स्कुलिङ कार्यक्रमको समापन समारोहलाई समापन गर्दै उनले ज्ञानमा खडेरी परेको बेलामा स्कुलिङले सिंचाई गरिदिएको बताएका हुन् ।

‘हाम्रो ज्ञानमा खडेरी लागेको थियो, यो स्कुलिङले सिंचाई गरिदिएको छ ।’, कार्यक्रमका अध्यक्षसमेत रहेका उनले प्रशिक्षार्थीलाई प्रशिक्षण दिदै भने, ‘यसलाई फलाउने, फुलाउन, गोडमेल गर्ने काम तपाईंहरुको हो । यसलाई फैल्याउने काम तपाईंहरुको हो । फिल्डमा गएर आफ्नो क्षमता प्रस्तुत गर्नुहोस् ।’

उनले यहाँ सिकेका कुराहरुलाई जीवन व्यवहारमा लागू गर्न सबेलाई जोड दिए । ‘यहाँ सिकेको ज्ञानलाई जीवन व्यवहारमा लागु गर्नुहोस् । आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुहोस् । आफू बदलिनुहोस् । हामी बदलिए समाज वदलिन्छ । नत्र हामीलाई समाजले बदल्छ ।’, उनले भने, ‘विचारको हिसावले हामीले खडेरीलाई चिरेका छौं । तपाईंहरु यसलाई लागु गर्नुहोस् ।

उनले एकीकृत जनक्रान्तिका पाँच आधारहरुको तयारी पूरा हुन नसके क्रान्ति सम्भव नहुने भन्दै एउटा आधार पुरा नभए सबै फेल हुने बताए । ‘स्कुलमा एउटा विषयमा फेल भएपछि अर्को क्लास चढ्न पाइन्छ । सीए जस्तै हाम्रो एकीकृत जनक्रान्तिका पाँच तयारीहरु पूरा नभएसम्म क्रान्ति पूरा हुँदैन ।’, उनले भने, ‘त्यही भएर सम्पूर्ण तयारी पूरा गर्नेगरी तपाईंहरु लाग्नुहोस् । एउटा आधारमा फेल हुने छुट हामीलाई छैन ।’

स्कुलिङ पार्टीको उपत्यका व्युरो कार्यलयमा बुधबारदेखि चलेको थियो । स्कुलिङको समापन कार्यक्रमको अध्यक्षता नेकपा पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए भने नेकपा स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोलिट व्युुरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य प्रयास सीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भृकुटी सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।