१० श्रावण २०८१, शुक्रबार

जनयुद्धको तरिकाले मात्र हुन्न-क्रान्तिका लागि नयाँ मोर्चा जरुरी हुन्छ: उमा सी

0

पोखरा/ नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस/ मोर्चा इन्चार्ज उमा सी ले नेपाली क्रान्तिलाई बिजयसम्म पुर्‍याउन विगतको जस्तै जनयुद्धको तरिकाले मात्रै नहुने बरु नयाँ -नयाँ मोर्चा खोल्नु जरुरी रहेको बताएकी छन।आइतबार नेपाल कम्युनिस्ट पार्टीद्वारा पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  उमा सी ले यस्तो धारणा राखेकी हुन् ।

देशको समसामयिक राजनीतिक परिस्थितिको व्याख्या गर्दै स्थायी समिति सदस्य उमाले नेपाली जनता र देशको प्रधानअन्तर्विरोध बदलिएर बाह्य रूपमा अमेरिकी साम्राज्यवाद र आन्तरिक रूपमा दलाल पुँजीवादी प्रवृतिमध्ये रवि, गगन र सिकेहरु एउटै र मुख्य प्रवृति भएर आएकोले त्यस विरुद्धको संघर्ष र मोर्चावन्दी अहिलेको आवश्यकता भएको बताइन् ।

नेपाली क्रान्तिका लागि गण्डक क्षेत्रको भुमिकाबारे चर्चागर्ने क्रममा उनले गण्डकी प्रदेशमा गुरुङ , मगर, कुमाल र दलित लगायत उत्पीडित वर्ग र समुदायको ठुलो सङ्ख्या भएको र जहाँ उत्पीडितहरुको सङ्ख्या हुन्छ त्यहाँ नै क्रान्ति र बिद्रोहको संभावना पनि हुने भन्दै गण्डकले एकीकृत क्रान्तिमा महत्त्वपूर्ण भुमिका पुरा गर्ने दावी समेत गरिन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।