१० श्रावण २०८१, शुक्रबार

बाढी पहिरोको कारण पीडित नागरिकलाई राहत र उद्दार गर्न नेकपाद्वारा माग

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीले असार २ गतेको बाढी पहिरोको कारण सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै वेपत्ताहरुको खोजी गर्न, घाइतेहरूको उपचार गर्न र राहतको व्यवस्था गर्न राज्य सङ्ग माग गरेको छ।सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा ति व्युरो र जिल्लामा कार्यरत नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई उद्धार तथा राहत संकलन एवं वितरणमा सहयोग गर्न विशेष निर्देशन गर्दछ भनिएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

यही असार २गते पूर्वी नेपालमा परेको भारी बर्षाले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा ठूलो जनधनको क्षति गरेको छ । बाढी पहिरोमा परेर आधा दर्जनको मृत्यु भएको छ भने २८जनाभन्दा बढी वेपत्ता छन् । अरबौंको नोक्सान भएको छ । यो प्राकृतिक प्रकोपमा परेर निधन भएका नागरिक प्रति हाम्रो पार्टी श्रद्धाञ्जली एवं शोकमा परेका परिवारजन प्रति समवेदना व्यक्त गर्दछ । घटनामा परेका घाइतेहरुलाई यथोचित उपचारको व्यवस्था गर्न, वेपत्ताहरुको खोजी गर्न र पीडित नागरिकलाई राहतको व्यवस्था गर्न पार्टी राज्यसँग माग छर्दछ । साथै ति व्युरो र जिल्लामा कार्यरत हाम्रा सम्पूर्ण नेता कार्यकर्तालाई उद्धार तथा राहत संकलन एवं वितरणमा सहयोग गर्न विशेष निर्देशन गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।