१८ जेष्ठ २०८२, आईतवार

कुमार पौडेलको पाँचौ स्मृति दिवस सर्लाहीमा मनाइयो

0

सर्लाही /राज्यद्वारा नियन्त्रणमा लिइ हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलको पाँचौ स्मृति दिवस सर्लाहीमा मनाइएको छ।२०७६ साल असार ५ गते तत्कालीन सरकारले नेकपा माथि प्रतिबन्ध लगाएको बेला हत्या गरिएका पौडेलको सम्मान , स्मृति र प्रतिबद्धता स्वरुप नेपाल कम्युनिस्ट पार्टीले एक कार्यक्रम गरि स्मृति दिवस मनाएको हो।

सोमबार सर्लाहीकाे हरिवन नगरपालिका वाड ६ चार्लिकमा नेकपा पश्चिम जनपुरब्युराे ईन्चार्ज जुझारु सी काे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा पुर्वि जनकपुर ब्युराे ईन्चाज त्रिलाेक सी, सर्लाही जिल्ला इन्चार्ज कमल सी, महाेतरी इन्चार्ज पवन सी, सिन्धुली ईन्चार्ज शसि सी लगाएतका नेताकार्यकर्ता र स्थानीय जनताको सहभागिता रहेको थियो।

स्मृति कार्यक्रमकाे सञ्चालन शसि सी ले गरेका थिए भने कमल सी ले मन्तव्यद्वारा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।