७ जेष्ठ २०८१, सोमबार

नेकपा अछामद्वारा चार वित्तिय संस्थाहरु माथि कारबाही

0

अछाम । अछामको कमलबजारमा रहेका वित्तिय संस्थाहरूलाई नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले संस्थाका बोर्ड जलाउँदै कार्यालयमा ताला लगाएर सांकेतिक कार्वाही गरेको छ। विहिबार किसान माइक्रो फाइनान्स लिमिटेड, डिप्रोक्स लघुबित्त वित्तिय संस्था, किसान लघुबित्त सहकारी संस्था, मिर्मिरे माईक्रोफाईनान्स लगाएतका संस्थाहरुमाथि कारबाही गरिएको हो।

“किसान माइक्रो फाइनान्स लि. कमलबजार शाखाका कर्मचारीले बजुडाका किसान हिरा विकको बाख्रा जबर्जस्ती ल्याएको गुनासो आएपछि हामीले बाख्रा फिर्ता गर्न अनुरोध गर्‍यौ, उनीहरूले नमाने पछि यस्ताे गरेका हौं” नेकपा पुर्वी अछामका सचिव लोकेन्द्र सी ले जानकारि दिए। ” वित्तिय संस्थाहरुले मानसिक तनाव दिएर विभिन्न किसिमले जनतालाई दुःख दिँदै आएका थिए पटक पटक हामीलाई गुनासो पराप्त भइरहेका थिए हामीले सम्झाउँदै पनि आएका थियौ तर नमाने पछि बाध्य भएर सांकेतिक कार्वाही स्वरूप बोर्ड जलाउने र ताला लगाउने काम गरेका हौँ ” उनले भने।

यस विषयमा किसान माइक्रो फाइनान्स लिमिटेड कमलबजार शाखाका प्रमुख जनक उपाध्यायसंग कुरा गर्दा कारबाही किन गरिएको हो भन्ने बारे आफूलाई  जानकारी नभएको बताएका छन्। उनले भने “नेकपाका साथीहरु आउनु भएको थियो बोर्ड झारेर ताला लगायर जानु भो।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।