११ श्रावण २०८१, शनिबार

सुर्खेतमा समाजबादी मोर्चाको परिचयात्मक भेटघाट सम्पन्न

0

सुर्खेत / कर्णाली प्रदेशमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) बीच सुर्खेतमा समाजबादी मोर्चाको विषयमा छलफल सहित परिचयात्मक भेटघाट सम्पन्न भएको छ।

उक्त छलफलमा नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष विमला केसी , केन्द्रीय सदस्य सुशील , नेपाल कम्युनिस्ट पार्टीका मध्य कर्णाली ब्यूरो इन्चार्ज विवेक सी,केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज धुर्ब सी,टेक्निकल सी,केंद्रीय प्रतिनिधि सदस्य,तथा सुर्खेत जिल्ला सेक्रेटरी जीत सी, नेपाल कम्युनिस्ट पार्टी (एस) का केन्द्रिय सदस्य पार्वती , केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज शिव,जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल र जसपाका कर्णाली प्रदेश उपाध्यक्ष गगन बहादुर सारु , जिल्ला अध्यक्ष फत्त बहादुर सोती मगरको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।