१० श्रावण २०८१, शुक्रबार

समाजवादी माेर्चाकाे उद्देश्य दलाल पूँजीवादको अन्त्य : विषम सी

0

राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्ताेष सी विषमले अहिले बनेकाे समाजवादी माेर्चाकाे मुख्य उद्देश्य दलाल पुँजीवादकाे अन्त्य गर्दै वैज्ञानिक समाजवाद सम्म पुग्ने रहेकाे बताएका छन्। आइतबार पुर्वी राेल्पाकाे अगुवा कार्यकर्ताहरूका लागि आयाेजित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै यस्ताे बताएका हुन् ।

यसका साथै भुमण्डलिकृत साम्राज्यवाद विभिन्न बहानामा प्रत्यक्ष नेपालमा आइसकेकाले त्यसकाे प्रतिराेधका लागि समेत नेपालीहरू एक ढिक्का हुनुपर्ने भएकाले अहिलेकाे समाजवादी माेर्च बनेकाे समेत प्रस्ट्याएका छन्।

अर्काे प्रसङ्गमा उनले नेपालका राजनैतिक दलका मुख्य लिडरहरू आत्मनिर्भर अर्थ प्रणाली अभावका कारण पूँजीवादीहरू ले उनलाई दलाल बनाएकाले त्यसकाे अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टीले समाजवादी अर्थनीतिकाे अवधारणा अगाडि सारेकाे र सम्पुर्ण पार्टी त्यस अनुसार उत्पादन र आत्मनिर्भरतामा अग्रसर हुन निर्देशन दिए ।

नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाका सेक्रेटरी यनान सीकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य एवं पुर्वी राेल्पा जिल्ला इन्चार्ज मणिराज सी,जिल्ला सल्लाहकारहरू दीक, पत्थर जेष्ठ, कम्युनिस्ट नेटा क्युवा लगायतकाे आतिथ्यता रहेकाे आयाेजकले बताएकाे छ । 

लुङ्ग्री गाउँ समितिका इन्चार्ज नारायण सीकाे सन्चालनमा भएकाे प्रशिक्षण कार्यक्रममा सुनछहरी गाउँ कमिटीका इन्चार्ज आजाद सीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।