११ श्रावण २०८१, शनिबार

सल्यानको कुमाख गाउँपालिकामा अखिल(क्रा)को सम्मेलनद्वारा समिति चयन

0

सल्यान /नेपाल कम्युनिस्ट पार्टीको सल्यान जिल्लामा संचालित अभियान, जनताको सुखदुःखकाे साथि ! नेपाल कम्युनिस्ट पार्टी !! ‘जनएकता अभियान २०८०’ अन्तरगत नेकपाकाे भातृ संगठन अखिल(क्रान्तिकारी) कुमाख गाउँपालिकाकाे पहिलो सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाकाे जनता माध्यमिक विद्यालय रागेचाैरमा भएको क्रान्तिकारी विद्यार्थीहरुकाे पहिलो सम्मेलनले मदन परियारकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ।
कुमाख गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा रहेका क्रान्तिकारी विद्यार्थीका इकाइहरुबाट सहभागी भएका विद्यार्थीहरुकाे पहिलो सम्मेलनबाट उपाध्यक्ष प्रविण बुढाथोकी, सचिव झरणा बिश्वकर्मा, सह-सचिव तिलक बिश्वकर्मा ,काेषाध्यक्षमा छाया बुढाथोकी निर्वाचित रहेका छन् । निर्वाचित सदस्यहरु कृष्ण बहादुर बुढाथोकी, झरणा राना, चेतना बुढाथोकी, दलविर बिश्वकर्मा, पुष्पा राना रहेका छन्। समितिमा पाँच सदस्य पछि थपिने अखिल (क्रान्तिकारी) कुमाखले बताएको छ।

क्रान्तिकारी विद्यार्थीहरुकाे साे पहिलो गाउँ सम्मेलनलाई नेपाल कम्युनिस्ट पार्टी सल्यानका सचिव मदन सी, अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष दीपक खडका, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य प्रकाश गिरि,नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिकाका सचिव अनिल सी लगायतले शुभकामना तथा प्रशिक्षण दिएका भएको थियोे ।

क्रान्तिकारी विद्यार्थीहरुकाे साे पहिलो गाउँ सम्मेलनलाई नव निर्वाचित अध्यक्ष मदन परियारले अध्यक्षता गरेका थिए भने झरणा बिश्वकर्माले संचालन गरेको साे सम्मेलनमा प्रविण बुढाथोकीले उपस्थित विद्यार्थी तथा अतिथिहरुलाई स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।