७ कार्तिक २०८१, बुधबार

प्युठानका दुई लघुवित्त कार्यालयमा तालाबन्दी

0

प्युठान / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठन नेपालले प्युठानका दुई वटा लघुवित्त वित्तिय संस्थाको कार्यालयमा ताला लगाएको छ । नेकपा प्युठानले स्वावलम्वन लघुवित्त संस्था र उन्नति सहकार्य लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको हो ।

युवा संगठन नेपालले आइतबार प्युठानको जस्पुरस्थित दुबै संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको हो । लघुवित्तले चर्को व्याज लिएर जनतालाई दुःख दिएको, समयमै साँवा व्याज भुक्तानी नगरेको भन्दै अपाच्य गालिगलौज गरेको भन्दै नेकपाले कारबाही स्वरुप तालाबन्दी गरेको हो । साथै  बोर्डहरुसमेत निकालेर जलाएको छ ।

युवा संगठन नेपालले यसअघि पनि साँफेबगरमा रहेका एनएमवि लघुवित्तिय संस्था लि र छिमेक बैंक लघुवित्तिय संस्था लिमा तालाबन्दी गरेको थियो । नेकपाले बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर र मिटर व्याजीका विरुद्धमा देश भर खबरदारी अभियान चलाइरहेको छ ।

यसअघि नेकपाले रुपन्देही र झापामा मिटरव्याजीका घरहरु कब्जा गरेर पीडितको पक्षमा संघर्ष गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।