१२ श्रावण २०८१, शनिबार

भ्रष्टाचार गरेको भन्दै नेकपाद्वारा स्वास्थ्य सेवा विभाग घेराउ

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतकाे स्वास्थ्य सेवा विभाग घेराउ गरेकाे छ । नेकपाले विभागका कर्मचारीले जनताकाे स्वास्थ्यमा खेलबाड गर्दै भष्ट्राचार गरेको भन्दै टेकु स्थित कार्यालय घेराउ गरेकाे हाे ।

नेकपा केन्द्रीय सदस्य भृकुटी सीकाे नेतृत्वमा गएकाे टाेलीले नारा जुलुससहित कार्यालय घेराउ गरेकाे हाे । टेकु चाेकबाट मध्यान्ह १२ बजे सुरु भएको र्याली विभागकाे गेटमा पुगेर काेणसभामा परिणात भएकाे थियाे ।

काेण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य भृकुटी सीले जनताकाे स्वास्थ्यमाथि खेलबाड गर्दै विभागका कर्मचारीले चरम आर्थिक अनियमिता गरेकाे बताइन् । ‘ठूला भ्रष्टाचार काण्डमा हाकिमहरुकाे संलग्नता हुन्छ । उनीहरूले अख्तियारसम्म सेटिङ मिलाएकाे देखिन्छ ।’, काेणसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘अख्तियारकाे पनि भर छैन, यसले त प्रहरीमा भए सिपाही र हवल्दार, सरकारी कर्मचारी भए खड्दार र सुब्बालाई समाएर सताउने गरेकाे छ । याे विभेदकाे अन्त्यका लागि नेकपाले भ्रष्टाचारविरुद्धकाे अभियान चलाएको छ ।’

उनले स्वास्थ्य सामाग्री खरिद, बितरण र कर्मचारीहरूको सरूवा बढुवामा चरम भ्रष्टाचार गरेकाे भन्दै त्यसका विरुद्ध विभागमा घेराउ गरेकाे बताइन् ‌। विभाग घेराउ कार्यक्रममा नेकपा काठमाडौंका नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।