१२ श्रावण २०८१, शनिबार

असार १५ बाट नेकपाले देशव्यापी श्रम उत्सव मनाउने

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले असार १५ गते देखि असार मसान्तसम्म श्रम उत्सव मनाउने भएको छ। आज असार ११ गते महासचिव विप्लव सहित काठमाडौ उपत्यकामा रहेका केन्द्रिय सदस्यहरुको बैठकले कृषि उत्पादन सम्बन्धि कामहरूलाई व्यवस्थित गर्न अन्तिम तयारी गर्ने निर्णय गरेको हो।

नेकपाका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख अनिल सी ले दिएको जानकारी अनुसार श्रम उत्सवको क्रममा नेकपा महसचिव विप्लव,प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य शिलु,शुसिल कपिलवस्तुमा रहेको कम्युनमा र स्थायी समिति सदस्य विषम र अनिल सी चितवन र स्थायी समिति सदस्य भरत सी बर्दिया रहेको केन्द्रीय उत्पादनको नेतृत्व गर्ने छन्।

त्यस्तै नेकपाका सबै पार्टी पि बी एम् र केन्द्रीय समिति सदस्यरहरुको देशका विभिन्न क्षेत्रमा रहेको उत्पादन क्षेत्रमा नेतृत्व गर्ने बताईएको छ। श्रम उत्सव १५ दिन सम्म चल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।