११ श्रावण २०८१, शनिबार

मगर मुक्तिमोर्चा नेपालद्वारा सिन्धुलीमा धान रोपाइ

0

सिन्धुली /नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको आयोजनामा पश्चिम जनकपुर ब्यूराे अन्तरगत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वाम्वर ४ साँतपत्रेमा दुई विगाह जमिनमा धान रोपाई सम्पन्न भएको छ।

संगठनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उदेश्यले मोर्चाको केन्द्रिय योजना अनुरुप धान रोपाइ गरिएको हो।

सो रोपाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज सशी सी, अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य रमेश सी, मोर्चाका कार्यालय सचिव हरि बहादुर थापा मगर, केन्द्रीय कोषाध्यक्ष आस्मती मगर, मोर्चाकै केन्द्रीय सदस्य सेवेन्द्र मगर सहित स्थानीयहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।