१२ श्रावण २०८१, शनिबार

नेकपा पाँचथरले रोप्यो दुई हजार चियाका विरुवा

0

पाँचथर। नेपाल कम्युनिस्ट पार्टी पाँचथरका नेताकार्यकर्ता असार १० गतेदेखि उत्पादनमा होमिएका छन्,। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नीति अनुरुप सांगठनिक कामलाई थाती राखी नेताकार्यकर्तालाई उत्पादनमा जोडिएको जिल्ला इन्चार्ज सन्तोष सी ले बताए ।

पार्टीलाई आत्मनिर्भर बनाउनको निमित्त आ-आफ्नो जिल्लाको विशेषता अनुसार श्रम र उत्पादनमा सहभागी बनौ, पार्टीलाइ आत्मनिर्भरताको दिशामा अगाडि बढाऔ भन्ने मुल नाराका साथ यहि असार १० देखि नेकपाले देशभर श्रम गरिरहेको छ।

नेकपा पाँचथरले जिल्लाको फालेलुङ गाउँपालिका वाडा नम्बर ४ चित्रेमा दुई हजार चियाको बिरुवा रोपेको छ। साथै स्थानीय बासीहरुलाई समेत उत्पादनमा सहभागी बनाउन पार्टीको नीति अन्तर्गत आत्मानिर्भर बन्नको लागि पार्टीका जिल्ला इन्चार्ज कमरेड सन्तोष सीले प्रशिक्षण दिँदै आम जनतालाइ उत्पादनमा जोडिएर आत्मनिर्भरको दिशामा अगाडि बढदै एकीकृत जनक्रान्तिमा सहभागी बन्दै वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि सम्पुर्ण दल, बुद्धिजिवि, देशभक्त, प्रगतिशील, बामपंथी शक्तिहरुलाई वृहत् समाजवादी मोर्चामा गोलबद्व हुन आग्रह गरेका छन्,।

उक्त उत्पादन कार्यको उद्घघाटन र कार्यक्रमको सहजीकरण जिल्ला सेक्रेटरी हुकुम सीले गरेका थिए भने कार्यक्रममा फालेलुङ पालिका इन्चार्ज अनिल सी पार्टीका अन्य सदस्यहरु र स्थानीय जनताको श्रम सहयोगमा दुइदिने उत्पादन कार्य सुरु गरिएको नेकपा पाँचथरले जानकारी दिएको छ। यो अभियान असार ३० गते सम्म निरन्तर रहने छ।

साथै बाढी पहिरोबाट अति प्रभावित क्षेत्र फालेलुङ – ४ का स्थानीय बासिहरुको यथार्थ बिवरण समेत संकलन गरि सम्बन्धित निकायलाई यथासिघ्र प्रभावित क्षेत्रका अव्यवस्थित बस्तिलाई व्यवस्थित स्थानमा व्यवस्थापन गर्न र पिडितलाइ उचित क्षतिपूर्तिको व्यवस्था गरि जनताको जिउ धनको सुरक्षा गर्न समेत सम्बन्धित निकायसङ्ग पहल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।