![](https://janapatrika.com/wp-content/uploads/2023/07/FB_IMG_1688475326154.jpg)
ललितपुर। नेपाल कम्युनिस्ट पार्टी महानगर समिति ललितपुरले सुरेश लाल श्रेष्ठको निधनमा दुःख व्यक्त गरेको छ। आज एक शोक वक्तव्य जारी गर्दै महानगर सेक्रेटरी बज्र सी ले दुःख व्यक्त गरेका हुन।
वक्तव्यमा भनिएकाे छ “हाम्रो महान् एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला, ललितपुर महानगर समितिका सदस्य कम्युनिस्ट आन्दोलन एवम् एकीकृत जनक्रान्तिका अथक योद्धा ल.पु. महानगरपालिका वडा नं. ६ कनिबहाल निवासी वर्ष ५० का कः सुरेश लाल श्रेष्ठ मिति २०८० असार १९ गते बिहान दिवंगत हुनु भएको दुःखद खवरले हाम्रो पार्टी स्तब्ध भएको छ । यसबाट हाम्रो पार्टी एवं ललितपुरको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति भएको छ । यस दुःखद घडीमा दिवंगत क. सुरेश लाल श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
साथै वैज्ञानिक समाजवाद प्राप्ति प्रतिको उहाँको निष्ठा एवं प्रतिबद्धतालाई पार्टीले प्रेरणाका रुपमा ग्रहण गर्दै त्यसलाई पुरा गरिछाड्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं।”