२८ बैशाख २०८१, शुक्रबार

सरकारी जग्गा हडपेर निर्माण हुन लागेको व्यापारिक कम्प्लेक्स विरूद्ध नेकपाको आपत्ति

0

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ललितपुर महानगरले लगनखेलमा सरकारी जग्गा हडपेर निर्माण गर्न खोजिएको व्यापारिक कम्प्लेक्स निर्माण नगर्न चेतावनि दिएको छ।
महानगरका सेक्रेटरी बज्र सी ले विहबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतवनी दिएका हुन्।

“ललितपुर महानगरपालिका वडा नं १२ लगनखेल स्थित सार्वजनिक जग्गामा रहेको वडा भवन र शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीको चौकी हटाइ व्यक्तिगत लाभ र स्वार्थमा लिप्त भई यहाँका जनप्रतिनिधि भूमाफिया संगको मिलोमतोमा व्यापारिक कम्प्लेक्स बनाउदैछ । जुन यहाँका स्थानिय जनसमुदायको भावना विपरित, जनताको मतलाई वेवास्ता गरि सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गर्न जनघात लादिन खोजिएको छ । यसका विरुद्ध आन्दोलनरत २३ वटा संघ संस्था, यातायात व्यवसायी, व्यापारिक बर्ग र स्थानीय जनसमुदायले उठाएको आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला, ललितपुर महानगर समितिको साथ, समर्थन, सहयोग र एक्यवद्धता रहेको जानकारी गराउदछौ ।” विज्ञप्तिमा भनिएको छ।

जारी विज्ञप्तीमा”यदि जनताले उठाएको मागलाई वेवास्ता गरि अझ दमनकारी नीति लादिएमा, जनताको भावना विपरित गरिएको सम्झौता खारेज नगरेमा, हिजो गरिएको गल्ती नसच्चिएमा, नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला, ललितपुर महानगर समिति जनताको भावना अनुमोदन गर्दै, जनता सहितको शसक्त जनसंघर्ष र जनकारवाही गर्न वाध्य हुनेछौ”भनिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।