२७ बैशाख २०८१, बिहीबार

आगामी कार्यक्रम र साङ्गठनिक संरचनाको टुङ्गो लगाउन समाजवादी मोर्चाको बैठक बस्दै

0

काठमाडौ / रास्ट्रीय स्वाधीनताको रक्षा र मुलुकमा विद्यमान आर्थिक – राजनीतिक संकटबाट निकास दिने उदेश्यले घोषणा भएको समाजवादी मोर्चा, नेपालले आगामी साझा कार्यक्रम र मोर्चाको संरचनाबारे आज टुङ्गो लगाउने भएको छ।दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा प्रमुख नेताहरु सहभागी हुने मोर्चाको पहिलो बैठकले आगामी कार्यक्रम र साङ्गठनिक संरचनाबारे निर्णय गर्ने बताईएको हो।

मोर्चाले यसको उदेश्य र आबश्यकताबारे १५ बुदे घोषणा यस अधि नै गरिसकेको भएपनि तत्कालीन कार्यक्रम र मोर्चाको प्रदेश , जिल्ला , गाउँ/ नगर र जवसहरु बिचको समन्वय कस्तो हुने भन्ने बिषय निर्णय हुन बाकी नै छ।

समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मीलित छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।