१० श्रावण २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) काे हाम्रो विद्यालय राम्रो विद्यालय अभियान जेल्बाङमा

0

राेल्पा: अखिल (क्रान्तिकारी) सुनछहरीकाे हाम्रो विद्यालय राम्रो विद्यालय अभियान जेल्बाङ पुगेकाे छ । सहिद गाउँकाे नामले चिनिने महान जनयुद्धका क्रममा सबैभन्दा बढी बलिदान गर्ने गाउँ जेल्बाङ स्थित राेल्बाङ माध्यमिक विद्यालय थप प्राविधिक विद्यालयमा आइतबार अखिल (क्रान्तिकारी) ले हाम्राे विद्यालय राम्राे विद्यालय अभियान अन्तरगत वृक्षाराेपन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
अखिल (क्रान्तिकारी) सुनछहरी गाउँकमिटीका अध्यक्ष मन सीका अनुसार राेल्बाङ मा.वि. जेल्बाङमा ७ बाेट धुपि सल्ला लगाइएकाे छ । वृक्षाराेपन समारोहमा अखिल (क्रान्तिकारी) पूर्वी राेल्पाका संयाेजक सिस्ने सीकाे विशेष सहभागिता रहेकाे थियाे भने विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी समेतकाे उत्साहजनक सहभागिता रहेकाे अखिल (क्रान्तिकारी) राेल्बाङ मा.वि. इकाई कमिटीका अध्यक्ष नविना बुढामगरले जनपत्रिका डट कमलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।