२३ बैशाख २०८१, आईतवार

समाजवादी मोर्चा नेपालको दोस्रो बैठक आज ४ बजे बस्दै

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित ४ राजनीतिक दल सहभागी समाजवादी मोर्चा नेपालको दोस्रो बैठक आज बस्ने भएको छ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्ने भएको हो।

बैठकले मोर्चाको आचारसंहिता, आगामी साझा कार्यक्रम र कार्यबिधिलाई पुर्णता दिने बताइएको छ भने बैठकका प्रस्तावहरुबारे आवश्यक गृहकार्य गर्न यसअघि नै नेकपा प्रबक्ता प्रकाण्ड सी, माओवादी केन्द्रका महासचिव देव गुरुङ , नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ सम्मीलित कार्यदल बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।