१२ श्रावण २०८१, शनिबार

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, उच्च सतर्क रहन आग्रह 

0

काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ। नवलपरासी, बर्दघाट, डन्डा र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ। 

विनयी, अरुण, गिरुवारी खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

उक्त क्षेत्र हुँदै यात्रामा निस्किने, डुबान भइरहने होचो भू–भाग तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

पाल्पा, स्याङ्जा र आसपासको क्षेत्रमा पनि पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । निस्ती खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।