![](https://janapatrika.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0000.jpg)
काठमाडौं ।लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल, केन्द्रिय समितिले लघुवित्त पीडितलाई न्याय दिन भन्दै आमरण अनशन सुरु गरेको छ। समितिका संयोजक मनिराम ज्ञवालीले विभिन्न पाँच वटा मागहरु राख्दै माइतीघर मण्डलामा बिहीवारबाट अनसन शुरु गरेका हुन्।
नव सामन्तीको रुपमा स्थापित लघवित्तीय संस्थाहरु खारेज गर,लघुवित्तीय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाहा गर,आम गरिब किसानहरुलाई निःशुल्क ऋण, प्रदान गर,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर,समाजवादी अर्थतन्त्रको विकास गर लगाएतका मागहरु समितिको तर्फबाट रहेको संयोजक ज्ञवालीले जानकारी गराएका छन्।
विगत १७ महिनादेखि आन्दोलनमा रहेका पीडित संगर्ष समितिका संयोजक ज्ञावलीले देशभर करिब ६० लाख जनता मीटरब्याजी र लघुवित्तीय संस्थाबाट पीडित भएको बताउँदै राज्य गैरजिम्मेवार बनेर उल्टै वित्तीय दलालहरुको पक्षपोषण गरेको गुनासो गरेका छन्।