६ जेष्ठ २०८१, आईतवार

पत्रकार घिमिरेको गोठमा भएको आगलागीको घटनाप्रति नेकपा ललितपुरद्वारा दुःख व्यक्त

सबैलाई सहयोग गर्न आग्रह

0

ललितपुर । ललितपुरको धापाखेलस्थित पत्रकार दिपक प्रसाद घिमिरेको गोठमा आगलागी भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी ललितपुरले दुःख व्यक्त गरेको छ। नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी ले नेकपाको तर्फबाट फेसबुक स्टाटस मार्फत् दुःख व्यक्त गर्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन।

ललितपुर महानगर २४ धापाखेलस्थित समावेशी टोलमा रहेको गाइगोठमा बिहिवार राति ९ बजे तिर आगालागी भएको थियो । लामखुट्टे धपाउने धुप बालेर छोड्दा आगलागी भएको बुझिएको छ।

घिमिरेले गोठ पुरै जलेको र ७ ओटा गाई जलेर मरेको बताएका छन्। स्थानीय प्रशासन, प्रहरी र दमकलको सबै प्रयास असफल रहेको र आगलागी नियन्त्रणमा लिन कठीन भएकोले ठूलो क्षति भएको थियो ।
पत्रकार घिमिरेले परिवारको सदस्यहरु सुरक्षित रहेको र गाई गोठ सबै जलेर नष्ट भएको बताए ।
घिमिरे केही समयअघि कृषि पेशा सुरु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।