१२ श्रावण २०८१, शनिबार

शुद्धोधन- सियारी गाउँपालिकामा १५ जना युवा नेकपामा समाहित

0

बुटवल । रुपन्देहीको शुद्धोधन सियारी गाउँपालिकामा १५ जना युवाहरु नेकपामा समाहित भएका छन् । युवाहरुलाई नेकपा केन्द्रीय सदस्य विश्वास सीले अवीर लगाएर स्वागत गरेका थिए।

पुरानो व्यवस्था र प्रणालीले देशमा युवाहरूको भविस्य अनिश्चित भएको र युवा अधिकारका लागि समाजवादी व्यवस्था अनिवार्य रहेको भन्दै उनिहरु नेकपामा समाहित भएको सेक्रेटरी विरेन्द्र सीले बताएका छन।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विश्वासले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै संसदीय व्यवस्थाले युवाहरुलाई बेचिरहेको बताए । 

युवा संगठन नेपाल पूर्वी लुम्बिनी व्युरो इन्चार्ज भक्त सीले सबै युवाहरुलाई क्रान्तिमा जोडिने अनुरोध गरेका थिए । 

संगठनले शुद्धोधन र सियारी गाउँ कमिटीको बैठक समेत सम्पन्न गरेको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।