१२ श्रावण २०८१, शनिबार

कम्युनिष्ट सिध्याउन र चीनलाई घेर्न अमेरिका नेपालमा सेना ल्याउन चाहान्छ

0

१ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सवै कम्युनिष्ट सिध्याउन र चीनलाई घेर्न अमेरिकाले नेपालमा सेना ल्याउन चाहेको वताएका छन ।
नेकपाको पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा सोमवार जनपत्रकारसंगको अनौपचारिक कुराकानीका क्रममा महासचिव विप्लवले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसीको बाटोबाट सैन्य अखडा राखि नेपालका कम्युनिष्ट सिध्याउने र चीनलाई घेर्ने योजना बनाएको दावी गरेका हुन।

महासचिव विप्लवले देश गम्भीर संकटतिर गएको र त्यसको निकासका लागि नेपालका सवै शक्तिहरु समाजवादी मोर्चामा आउनुपर्ने वताए ।

महासचिव विप्लवले देशलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा गठन भएको भन्दै यो मोर्चाले कम्युनिष्ट र अग्रगामी शक्तिहरुको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्य लिएको समेत बताए ।

कुराकानीका क्रममा विप्लवले भने “समाजवादी मोर्चामा सवै कम्युनिष्ट र अग्रगामी शक्ति आउनु पर्छ । हामीले खुल्ला दिलले एमालेलाई पनि समाजवादी मोर्चामा ल्याउनुपर्छ । यो कुनै एउटा पार्टीको लागि समाजवाद होइन, सवैको लागि समाजवाद चाहिएको छ । यसको उपभोग सवैले गर्ने हो ।”
महासचिव विप्लवले देश युक्रेनको बाटोमा जाने सम्भावना रहेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र देशलाई समाजवाद तिर लिन साम्राज्यवादी षड्यन्त्रका विरुद्ध एकतावद्ध भएर लड्नुपर्ने वताए ।

 नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएकाले समाजवादतिर जानुको विकल्प नभएको विप्लवको भनाइ थियो  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।