११ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी सहित २५ सामाजिक संघ-संस्थाहरुद्वारा लगनखेलमा सरसफाइ

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सहित विभिन्न २५ वटा सामाजिक संघ-संस्थाहरुले लगनखेल बसपार्क र आसपासका क्षेत्रमा सरसफाइ गरका छन्। सोमवार विहान ब्यानर सहित नेपाल कम्युनिस्ट पार्टीका सदस्य र विभिन्न सामाजिक संघ-संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा सरसफाइ गरिएको हो।

नेकपा लालिपुरको “जनतासँग नेकपाको हातेमालो अभियान” अन्तर्गत ललितपुरका २५ वटा सामाजिक संघ-संस्थाहरु र नेपाल कम्युनिस्ट पार्टी, ललितपुरको संयुक्त आयोजना एवम् सहकार्यमा लगनखेल बसपार्क र आसपासको बजार क्षेत्रमा सरसफाइ कार्यक्रम उत्साहप्रद रुपमा सम्पन्न भएको नेकपा ललितपुरले जनाएको छ। यस्तै सामाजिक भलाई र जनहितसङ्ग सरोकार राख्ने बिबिध कार्यक्रमहरु प्रत्येक हप्ता अभियानको रुपमा निरन्तर संचालन गरिने पनि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन सी ले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।