११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीले सुदुरपश्चिम सिटिइभिटी कार्यालयमा लगायो ताला

शुल्क वृद्धि खारेज हुनुपर्ने माग

0

धनगढी । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शुल्क खारेजीको माग राख्दै तालाबन्दी गरेको छ । बुधबार संगठनले सिटिइभिटीको धनगढीमा रहेको प्रदेश कार्यालयमा ताला लगाएको हो ।

विद्यार्थीको हित विपरीत मनोमानी ढंगले सिटिइभिटीले बढाएको शुल्क खारेजीको माग सहित सिटिइभिटी कार्यालय धनगढीमा तालाबन्दी गरेको संगठनका सेती ब्युरो इन्चार्ज बबर जंग सीले बताए । शुल्क खारेज नगरे सम्म आन्दोलन निरन्तर चल्ने उनको भनाई थियो।

सिटिइभिटीले केहि दिन अगाडी सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङमा शुल्क वृद्धि गरेपछि उक्त शुल्क गैरन्यायिक तरिकाले तोकेको भन्दै अखिल क्रान्तिकारीले असार ३१ बाट नै देशैभरि ध्यानाकर्षण पत्र दिने , कार्यालय घेराऊ गर्ने जस्ता संघर्षका कार्यक्रम गरिरहेको थियो ।

सिटिइभिटीले सामान्य चिकित्सामा (HA) २८ % , PCL Nursing मा ३२ % र डिप्लोमा इन फार्मेसीमा २६ % शुल्क वृद्धि गरेको संगठनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।