२१ बैशाख २०८१, शुक्रबार

पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने,यस्तो छ कारण

0

जोहानेसबर्ग- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ ।

रूसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले भने, “आपसी सहमतिअनुसार रूसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन शिखर सम्मेलनमा सहभागी हुनुहुनेछैन तर रूसी महासङ्घको प्रतिनिधित्व विदेशमन्त्री (सर्गेइ) लाभरोभले गर्नेछन् ।

रामाफोसाले हालैका महिनाहरूमा गरेको ‘धेरै परामर्शहरू’ पछि यो निर्णय लिइएको हो । 

दक्षिण अफ्रिका ब्रिक्स समूहको वर्तमान अध्यक्ष हो, जसमा ब्राजिल, रूस, भारत र चीन पनि सामेल छन् र यसले आफूलाई पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरोध शक्तिको रूपमा हेर्छ ।

अगष्ट २२ देखि २४ सम्म जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनका लागि पुटिनलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो तर पुटिनलाई सहभागी नगर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब प्रिटोरियालाई परेको छ । 

“राष्ट्रपति रामाफोसा शिखर सम्मेलन सफल हुनेमा विश्वस्त छन् । अफ्रिकी महाद्वीप र विश्वका विभिन्न भागबाट आउने धेरै प्रतिनिधिहरूलाई आवश्यक आतिथ्य प्रदान गर्न राष्ट्रलाई आह्वान गर्नुभएको छ,” म्याग्वेनियाले भने ।

रूसले गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै आइसिसीले पुटिनलाई खोजीको सूचीमा समावेश गरेको छ । (एएफपी)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।