१२ श्रावण २०८१, शनिबार

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भाेलि ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तरक्रिया हुने

0

काठमाडौं: नेपाल वैकल्पिक अध्ययन समाजले भाेलि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भाेलि साउन ७ गते २ बजेदेखि हुने कार्यक्रममा सहभागिताका लागि सबैलाई आमन्त्रण समेत गरिएको छ ।
नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) ले प्रस्तुत गर्ने विचारपत्रमाथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले टिप्पणी गर्ने बताइएको छ ।
नेपाल वैकल्पिक अध्ययन समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न पार्टीका नेताहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेकपा (एमाले) का नेता डा. दीपक प्रकाश भट्ट, नेपाल समाजवादीकी नेतृ करुणा पराजुली समेतले टिप्पणी गर्ने बताइएको छ ।
कार्यपत्र प्रस्तुत रामचन्द्र श्रेष्ठ र सहजीकरण धनकुमारी सुनारले गर्ने जानकारी समाजका अध्यक्ष तथा मार्क्सवादी अर्थशास्त्री हरि रोकाले जानकारी दिए । कार्यक्रम ३ घण्टामा सम्पन्न हुने आयाेजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।