६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी)का नेता प्रकाश सी पक्राउ

0

कास्की ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम् गण्डक व्युरो इन्चार्ज प्रकाश सी लाई आईतवार पोखराको राष्ट्र बैंक चोकबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।

गत महिनाको २७ गते पोखरा महानगरपालिका ८ स्थित अल्बाईट एकेडेमीकी सञ्चालिका सनिसा श्रेष्ठले विगत लामो समयदेखी आन्तरीक रुपमा सेटिङ्ग मिलाई लुटको धन्दा चलाएको भन्दै नेता प्रकाशको नेतृत्वमा उक्त एकेडेमीमा अनिश्चितकालिन तालाबन्दी गरिएको थियो।

उक्त एकेडेमीकि सञ्चालिका सनिसा श्रेष्ठ लगायतका विभिन्न शैक्षीक मेडीकल माफियाहरुको षड्यन्त्रमा कास्कीमा रहेको बैदाम प्रहरी चौकीले उनलाई गिरफ्तार गरेको अखिल (क्रान्तिकारी)को आरोप छ।

निम्न वर्गका विद्यार्थीहरुका न्यायका लागी र भ्रष्ट ,दलाली, कालोबजारी, शैक्षीक मेडीकल माफिया हरुका विरुद्ध आवाज उठाउदा झुट्टा मुद्धा लगाई नेता प्रकाशलाई गिरफ्तार गरीएको छ र तत्काल बिना शर्त रिहाई नगरे विद्यार्थी संगठन सशक्त रुपमा आन्दोलन गर्ने अखिल (क्रान्तिकारी) कास्की जिल्लाका अध्यक्ष्य केश सी ले बताएका छन्।

तत्कालीन नेकपा (माओवादी)ले नेतृत्व गरेको दस वर्षे जनयुद्धका सहीद विजय वास्तोला (अजीत) का छोरा प्रकाश अखिल क्रान्तिकारीका नेता मात्र नभइ सहिद सन्तती फाउन्डेसन नेपालका केन्द्रीय उपाध्यक्ष्य समेत हुन्। हाल उनलाई सोधपुछका लागी बैदाम प्रहरी चौकीमा राखीएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।