१२ श्रावण २०८१, शनिबार

विद्यालयहरुको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न छ विद्यार्थी संगठनको माग 

0

काठमाडौं ।विभिन्न बहानामा संस्थागत तथा सामुदायिक विद्यालयले लिइदै आएको चर्को शुल्क वृद्धि तत्काल खारेज गरि कक्षा ११ / १२ लाई जोडेर माध्यमिक शिक्षा लाई पुर्ण निःशुल्क गर्न अखिल (क्रान्तिकारी) लगाएत छ संगठनले माग गरेका छन्। मंगलवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न माग राखेका हुन्।

विज्ञप्तीमा भनिएको छ ” माध्यामिक तह ११ / १२ को भनांमा देखिएको अस्वस्थ शुल्क प्रतिस्पधाले हामिलाइ लज्जित बनाएको छ। बिना मापदण्ड, शैक्षिक सरोकारवाला निकायलाई जानकारी बिना भर्ना लगायत विभिन्न शिर्षकमा अभिभावक विद्यार्थीको ढाड सेक्ने गरि सामुदायिक तथा संस्थागत विद्यालयले मनोमानी ढंगले असुलिरहेको चर्को शुल्क, शुल्क वृद्धि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । निजि तथा सामुदायिक विद्यालयहरुलाई शुल्क वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा गरेर मनोमानी रवैया नदेखाउन हामी चेतावनी दिन चाहान्छौ। अनुगमन संगै नियमन गरि शैक्षिक गुणस्तर तथा शुल्क मापन गर्न जिम्मेवार निकायलाई आग्रह गर्न चाहान्छौ। विभिन्न बहानामा संस्थागत तथा सामुदायिक विद्यालयले लिइदै आएको चर्को शुल्क वृद्धि तत्काल खारेज गरि कक्षा ११ / १२ लाई जोडेर माध्यमिक शिक्षा लाई पुर्ण निःशुल्क गर्ने संविधानमा लिपिवद्ध गरिएको व्यवस्थालाई पुर्ण कार्यान्वयन गरी सहजरुपमा शिक्षा आर्जन गर्न पाउने विद्यार्थीहरुको मौलिक अधिकारलाई सुनिश्चित गर्न १० % छात्रवृत्ति अनिवार्य लागु गर्न वैज्ञानिक शुल्क निर्धारण गर्न, ० + २ खारेज गर्न, नीति र विधिमा रहेर विद्यालय वा शैक्षिक संस्था संचालन गर्न, गरिव र श्रमिक जनताका छोराछोरीहरुलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सृजना गर्न अनुरोध गर्नुका साथै निजी विधालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ लाई पूर्ण रुपमा पालन गर्न समेत यसै प्रेस विज्ञप्ति मार्फत आग्रह गर्दछौ ।

अन्यथा यी गम्भीर विषयमा सरोकारवाला निकाय जिम्मेवार नबनेको खण्डमा हामी आन्दोलन गर्न बाध्य हुने बेहोरा अवगत गराइनुका साथै आन्दोलनबाट आउने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।