२३ भाद्र २०८१, आईतवार

मानिसहरु आफ्नै उत्पादन, पौरख र पसिनामा बाँच्नुपर्छ : इन्चार्ज सविन

0

दाङ: नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले मानिसहरु आफ्नै उत्पादन, पौरख र पसिनामा बाँच्नुपर्ने बताएका छन् ।
नेकपा पूर्वी दाङको धान रोपाइँको उद्घाटन गर्दै नेता सविनले यस्तो बताएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता सविनले पार्टीको पूर्वी दाङले ३ विघा जमिनमा धान रोपाइँ उद्घाटनको मन्तव्य राख्दै भने,– ‘आफ्नै उत्पादन, पौरख र पसिनाद्वारा मानिसहरु बाच्नुपर्छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यातमुखी कृषि अर्थतन्त्रको विकासका लागि पार्टीले देशभर कृषि उत्पादनलाई अगाडि बढाइरहेको छ । हाम्रो उद्देश्य बाँझो जमिनलाई उत्पादनशिल बनाउदै उत्पादनद्वारा नेपाली जनतालाई आत्मनिर्भर बनाउने पनि हो । साथै पार्टी नेता-कार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर उत्पादन प्रणालीमा प्रेरित गर्दै समाजवाद स्थापना गर्ने लक्ष्य पनि हो ।’

समाजवाद आउने कुरा होइन निर्माण गर्ने कुरा हो बनाउने कुरा हो, उनले थपे,- ‘नेपालको अर्थतन्त्रको मुख्य अंग भनेको कृषि हो । कृषि व्यवसायलाई प्रवर्द्धन नगरी समाजवाद आउदैन ।’

एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नेकपाको उत्पादनको विषयमा खुराफात गरेर बस्नुभन्दा , कोठाभित्र बसेर अनेकौं टिकाटिप्पणी गर्नुभन्दा स्टाटस लेख्ने हातहरु हिलोमा मिलाउन अनुरोध समेत गरे ।
उनले भने,– ‘पसिनालाई हिलोमा जोड्नुस्, आफ्नो परिवारलाई खान पुग्ने उत्पादन आफै गर्नुस् । यो समय भनेको गफ गरेर बस्ने समय होइन । यो समय भनेको धान उत्पादन गर्ने समय हो । कृषि उत्पादन गर्ने समय हो ।
श्रमप्रति घृणा भाव फैलाउने प्रयत्न यो तपाईंहरुको विचलन हो । श्रमलाई माया नगर्ने, श्रमलाई सम्मान नगर्ने श्रमजीविलाई हेप्ने प्रकारको सन्देश प्रवाह गर्न खोज्नु विचलन हो, जडसुत्रीय शुन्यवादी विचारद्वारा पैदा भएको विचलन हो । यो विचलनले तपाईंहरुलाई विसर्जन गराउने नै छ भने हाम्रो पार्टीलाई थप बलियो बनाउने छ । हामी उत्पादनको अभियानलाई झन् तिब्र बनाउदै जानेछौँ ।’

माओवादी केन्द्रसँग एकता होइन समाजवादका लागि अहिले समाजवादी मोर्चा बनाएको नेता सविनले बताए । दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा समाजवादमा जाऔँ भन्ने विषयमा सबैसँग पार्टीको सहकार्य हुने पनि नेता सविनको भनाइ थियो ।

राप्ती अन्तर्गतका जिल्लाहरुमा जम्मा १५ बिघा जमिनमा धान उत्पादन गरिएको र अन्य पशुपालन , तरकारी खेती, माछापालन लगाएतका व्यवसायलाई पनि ब्युरो पार्टीले अगाडि बढाईरहेको समेत स्पष्ट पारेका छन् ।

नेकपा पूर्वी दाङले मङ्गलबारदेखि घोराही -१६ करौटीमा ३ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो ।

धान रोपाइँमा नेकपाकी केन्द्रीय सदस्य एवम पूर्वी दाङ इन्चार्ज सम्झना सी, नेकपाका केन्द्रीय सदस्य एवम् पश्चिम दाङका इन्चार्ज प्रदिप सी, नेकपा पूर्वी दाङका सचिव जनक सी, नेकपा पूर्वी दाङका उत्पादन विभाग प्रमुख महान सी लगाएत पार्टी निकट जवस/मोर्चाहरुका केन्द्रीय तह, जिल्ला तहका नेता-कार्यकर्ता तथा स्थानीय जनसमुदाय गरि करिव ६० जनाको सहभागिता रहेको थियो । धान रोपाइँ आज सकिने पनि नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।