१० श्रावण २०८१, शुक्रबार

संसदीय व्यवस्थाले युवाहरुलाई निरास बनाउदै विदेश जान बाध्य बनायो: प्रकाण्ड सी

0

११ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले दलाल संसदीय व्यवस्थाको भद्दा विकृतिले नेपाली जनतालाई भविष्यहिन र निरास बनाएको वताएका छन ।

विहिवार नेकपाको केन्द्रीय कार्यालय वुद्धनगरमा भएको अनौपचारिक भेटघाटमा प्रवक्ता प्रकाण्ड सीेले दलाल संसदीय व्यवस्थाबाट नेपाली युवाहरुले भविष्य देख्न छोडेकाले निराश हुदै विदेश जाने संख्या बढेको वताएका हुन।

प्रबक्ता प्रकाश् संविधान सभाको चुनाव पछि बनेको संविधानले नेपाली जनतालाई शान्ति र समृद्धि दिने आश्वासन दिएका नेताहरुले जनताको वास्तविक परिवर्तनको चाहाना पुरा गर्न नसक्दा जनताले विकल्प खाजेको वताए ।
प्रवक्ता प्रकाण्डले नेपालमा जनताको सत्ता नआएको र केही निश्चित दलालहरुको हातमा मात्र सत्ता आएकाले जनताले गरेको आशा पुरा नभएको बताए।
नेपालमा वैज्ञानिक समाजवाद अथवा चार दलले तय गरेको समाजवादी गणतन्त्रात्मक व्यवस्था नेपालमा स्थापना नहुदा सम्म नेपाली जनताको चाहाना पुरा नहुने ठोकुवा गर्दै भने
“नेपालमा दलालहरुको राज छ, यो जनताको सत्ता होइन, यो सत्ताबाट जनताले धेरै आस गर्नु व्यर्थ हो । दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी मोर्चा बनेको छ । यसले नेपालमा समाजवादी गणतन्त्र ल्याउछ । नेपालका समस्याहरु समाधान गर्छ ।”
देशको अवस्था जर्जर भएकाले त्यसको नेतृत्वदायी भूमिका नेपाल कम्युनिष्ट पार्टीले पुरा गर्नु पर्ने बेला आएको बताउदै सबै कम्युनिष्टहरुको क्रान्तिकारी एकता आवश्यक भएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।