२३ भाद्र २०८१, आईतवार

अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड सञ्चालनमा

0

काठमाडौं ।पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शनिवार बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।