११ श्रावण २०८१, शनिबार

विद्यार्थीलाई उचालेर अपराधिक कार्य गरेको भन्दै श्री कृष्ण मा.वि प्रशासनलाई चेतावनी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले विद्यार्थीलाई उचालेर अपराधिक कार्य नगर्न श्री कृष्ण माध्यामिक विद्यालय प्रशासनलाई चेतावनी दिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै चन्द्रागिरि नगरपालिकाको दहचोकमा अवस्थित श्री कृष्ण माध्यामिक विद्यालयमा विद्यार्थीलाई उचालेर अपराधिक घटना नघटाउन चेतावनी दिएको हो ।

नगर इन्चार्ज शिद्धार्थ सी द्वारा जारी विज्ञप्तिमा विद्यालय प्रशासनले विद्यार्थीलाई उक्साएर नारावाजी गराउनुका साथै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका विद्यार्थी माथि दुर्व्यवहार र शिक्षक एकराज पण्डितको मोटर साइकल तोडफोड गरेको आरोप लगाइएको छ । ‘चन्द्रागिरि नगरपालिकाको दहचोकमा अवस्थित श्री कृष्ण माध्यामिक विद्यालयमा भ्रष्टाचार, अनियमितता र बारम्बार अपराधिक गतिविधिहरु भइरहेका छन् । स्थानीय सरकार र विद्यालय प्रशासनले राजनीतिक आस्थाका आधारमा यस्ता घटनाहरु घटाएर संरक्षण गरिरहेका छन् ।’, विज्ञप्तिमा भनिएको छ ।

‘२०८० असार २१ गते विद्यालयमा अध्यापन गरिरहेका शिक्षक एकराज पण्डितद्वारा अध्ययनरत विद्यार्थी छात्रा अस्मिता परियारलाई अनुशासन कायम गराउने भन्दै गालामा थप्पड हानेको विषयमा नेपाल कम्युनिष्ट पार्टी काठमाडौंको ३ नम्वर जिल्ला समिति अन्तर्गत चन्द्रागिरि नगर समितिले घटनाको सत्यतथ्य पत्ता लगाई विद्यार्थी र शिक्षकबिच २०८० साउन ११ गते उक्त विद्यालयमा बसी विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अखिल क्रान्तिकारी विद्यार्थी संगठन, आरोपित शिक्षक, घटनासँग सम्बन्धित विद्यार्थी र परिवार बिचमा भएको सम्झौता अनुरुप शिक्षक एकराज पण्डितद्वारा माफी माग्ने क्रममा विद्यालय प्रशासनले अन्य विद्यार्थीलाई उक्साएर नारावाजी गराउनुका साथै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका विद्यार्थीमाथि भएको दुव्र्यवहार र शिक्षक एकराज पण्डितको मोटर साइकल तोडफोड गर्ने र गराउने प्रति घटना हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विद्यार्थीलाई उक्साएर घटना घटाउने विद्यालयको प्रशासन प्रति धोर भर्सना गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहर्याउन चेतावनी दिन्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।