५ जेष्ठ २०८१, शनिबार

वीर अस्पतालको ICU मा रहेका मिलनको अवस्था नाजुक, सहयोगका लागि गरे अपिल

0

काठमाडौ /सुर्खेतको पञ्चापुरी नगरपालिका वार्ड नं १० घर भएका मिलन बहादुर माझिको आर्थिक स्थिति एकदमै कमजोर भएकोले उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन ।
काठमाडौंको वीर अस्पतालको ICU काे ४१४ नंबर बेडमा पछिल्लो ९ दिन देखि उपचाररत मिलनको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि आफुलाई बाच्ने रहर हुदाहुदै आर्थिक अभाव भएकोले सहयोगका लागि उनले अपिल गरेका हुन् ।

२७ वर्षका माझी भारतको सूरतमा दिनको ५०० ज्यालामा लेबरी गरेर विरामी आमाको उपचार गर्नुका साथै ,श्रीमती , र दुइटा बाल बच्चा पालिरहेका थिए । पछिल्लो १ महिना देखि उनी आफै अस्पतालको ICU  मा छन् । उनका आफन्तले उपचारको सहयोगको लागि अपिल गरिरहेका छन् ।

घरको आर्थिक स्थिति एकदमै कमजोर भएका उनी परिवार पाल्न क्षिमेकी देश भारतमा ५०० रुपैयाँ दिन ध्याडिमा काम गर्ने गर्थे । कामको सिलसिलामा कुवा सफा गर्ने क्रममा उनलाई कुवा सफा गर्ने केमिकल सँगै करेन्ट पनि लागेको हुँदा उनी यो अबस्थामा पुगेको उनका आफन्त मदन भण्डारी बताउँछन् ।

बिरामीका भिनाजु मदन भण्डारीका अनुसार मिलनलाई लगभग १९ दिन भारतको सुरतमा उपचार गराई त्यहाँ खर्च धान्न नसक्ने अवस्था भएपछि नेपालमा सस्तो होला भनेर  ल्याइएको हो । उनलाई केहीदिन समिट हस्पिटलमा राखियो र पछी वीर अस्पतालमा ल्याइएको थियो । अहिलेसम्म लगभग १४/१५  लाख खर्च भइसकेको उनी बताउँछन् ।

दिनकै १५ देखि २५ हजार सम्मको औषधि दिन पर्छ, पैसाको अभाव भएको र आफन्तबाट सरसापट मिल्ने जति लिई सकेकाले अब कतैबाट पनि ऋण समेत नपाइने भयो, केही बेचेर उपचार गर्ने जस्तो घर जग्गा पनि छैन भन्दै उनले  उपचारका लागि सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा सहयोगको अपिल गरिरहेका छन् ।

बिरामी माझीका नातेदार / कुरुवा ( बिरामीका भिनाजु ) _ मदन भण्डारीका अनुसार सहयोग गर्न इच्छुक व्यक्तिहरुले सम्पर्क नम्बर 9868105424 वा माछापुछ्रे बैंकमा रहेको सुशीला माझीको खाता नम्बर 0470947802400010 मा पनि सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।