२२ भाद्र २०८१, शनिबार

कर्णाली मुक्ति मोर्चाद्वारा दैलेखमाअन्तर्कृया,समाजवादी मोर्चाले देशलाई नेतृत्व दिनुपर्नेमा जोड

0

दैलेख / दैलेखको सदरमुकाम दैलेख बजारमा आयोजित आयोजित अन्तकृयाका सहभागीहरुले नेपाल कम्युनिस्ट पार्टी सहित चार दलिय समाजवादी मोर्चाले देशमा विद्यमान संकटको निकास र कम्युनिस्ट / वामपन्थीहरुको एकतामा योगदान गर्नुपर्नेमा जोड दिएका छन।कर्णाली मुक्ति मोर्चाद्वारा सोमबार आयोजित “वर्तमान राजनितिक संकट,समाजवादी माेर्चा र कर्णालीकाे भुमिका बिषयक” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने अगुवाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रमुख बक्ता कर्णाली मुक्ति माेर्चा,नेपालका केन्द्रीय संयाेजक विराट सी ले देशमा गणतन्त्र र संघियता आएको भनिए पनि कर्णालीको बिकासप्रति सत्ताको एकात्मक चरित्र अझै नबदलिएकोले कर्णाली क्षेत्रको मुक्तिका लागि संघर्ष जरुरी रहेको बताएका थिए। त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्युराे ईन्चार्ज विवेक सी,नेकपा केेन्दीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सी,नेकपा माओवादी( केन्द्र)का केन्द्रीय सदस्य टेक वहादुर खाण लगायतका बक्ताहरुले धारणा राखेका थिए।

कार्यक्रमकाे अध्यक्षता कर्णाली मुक्ति माेर्चा,नेपाल दैलेखका संयाेजक परिवर्तन सी र सञ्चालन नेकपा दैलेखका सेक्रेटरी प्रकाश सीले गरेका थिए भने कार्यक्रममा दैलेका व्यवसायी ,नागरिक समाज,जिल्लामा क्रियाशिल पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।