१२ श्रावण २०८१, शनिबार

श्रमिक समुदाय मोर्चाद्वारा बिशाल बिकको असामयिक निधनप्रति शोक व्यक्त

0

काठमाडौ / श्रमिक समुदाय मोर्चा नेपालले मोर्चाका केन्द्रिय सदस्य बलवानका २६ बर्षिय भाइ बिशालको साउदी अरेबियामा भएको असामयिक निधनप्रति अत्यन्तै मर्माहत बनाएको भन्दै शोक व्यक्त गरेको छ।मोर्चाका अध्यक्ष रामलाल सी ले बुधबार एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन।

अध्यक्ष रामलालद्वारा जारी शोक वक्तव्यमा “प्रिय भाइको निधन भएकोमा मोर्चा केन्द्रीय समिति गहिरो दुख प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, दुखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुका साथै उहाँहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं” भनिएको छ।

यस्तो छ शोक वक्तव्यको पुर्णपाठ:
श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति सदस्य बालचन्द्र बिसी क. बलवान को २६ वर्षीय भाइ बिशाल बि. क. को साउदी अरेबियामा असमायिक निधन भएकोमा हामी अत्यन्तै दुखी एवं मर्माहत भएका छौं । उहाँको भाइको रोजगारीको सिलसिलामा साउदीमा एक महिना अघि असार ११ गते निधन भएकोमा गत शनिबार बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका -९ स्थित घरमा ल्याएर सोही दिन कर्णाली नदीमा दाहसंस्कार गरिएको थियो । प्रिय भाइको निधन भएकोमा मोर्चा केन्द्रीय समिति गहिरो दुख प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, दुखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुका साथै उहाँहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।
यसैगरी, भारतको बैजुरामा रहनुभएका क. बलवानका ६३ वर्षीय बुवा माउते बि.क. असार १६ गते नेपालतिर घरमा हिंडेपनि पौडीकोटद्वार भन्ने ठाउँमा लुटेराहरुको फन्दामा परि हालसम्म वेपत्ता रहेको दुःखद खबर पनि रहेको छ । चौतर्फी विपत्ति र संकटको यस घडीमा शोकलाई शक्तिमा बदल्ने साहस मिलोस भन्ने कामना गर्दछौं । धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।