![](https://janapatrika.com/wp-content/uploads/2023/08/received_283895650942576.jpeg)
कपिलवस्तु / शिवराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तुमा रहेको जनस्वास्थ्य केन्द्रमा आज वृक्षरोपण कार्यक्रम गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको उपस्थिति र जनस्वास्थ्य केन्द्रको पहलमा २ सय ५० ओटा उन्नत जातका आपका बिरुवाहरु वृक्षारोपण गरिएको नेकपा कपिलवस्तुका सेक्रेटरी बिनोद सीले बताए।
जिल्लाको बिजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा प्राप्त करिब ४ सय बिरुवा मध्ये नेकपाको पार्टी कार्यालय कम्पाउण्डमा ५० ओटा, प्रकाश मा वि सुन्दरी डाडामा २५ ओटा, बानियाभार चोकको सामुदायिक बनमा६ ओटा, सहिद प्रतिष्ठान नेपालको कार्यालयमा ५ ओटा, अञ्चलापुर तुरुन्तपुर सामुदायिक भवनमा ५ ओटा र करिब १०० ओटा बिरुवा स्थानीय नागरिकलाई बितरण गरिएको थियो।
शनिबार भएको वृक्षारोपण कार्यक्रमममा नेकपा नेताहरू असल सी, सञ्जीव सी, शुसिल सी, अडिग सी लगाएतका नेताकार्यकर्ताहरु सहित स्थानीयहरुको सहभागिता रहेको थियो भने नेपाल कम्युनिस्ट पार्टीले यसअघि पनि कपिलवस्तु लगाएत देशका बिभिन्न क्षेत्रमा वृक्षारोपण, धान रोपाइँ, तरकारी खेती, फलफुल खेती र माछा पालन सहित उत्पादनका कामहरू गर्दै आएको छ।